पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । मंसिर १७ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीले अहिले कायम चुक्ता पूँजीको १ः०.५ अनुपातमा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । यो प्रस्ताव नियमनकारी निकायबाट स्वीकृती प्राप्त भएपछि कम्पनीको आगामी साधारण सभामा पेश गर्ने तयारी छ ।
कम्पनीले आयोजनाको नियमित मर्मत संभार गर्न, भुक्तानी बाँकी हिसाब परफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्न साथै लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी र्सजना गरी राष्ट्रिय पूँजी बढाउन आवश्यक पर्ने रकम हकप्रद मार्फत जुटाउने निर्णय गरेको जानकारी दिएको छ ।
कम्पनीले कोशी प्रदेश, इलाम जिल्ला स्थित ४.९६ मेगावाटको पुवा-२ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९/०८/१२ देखि नियमित विद्युत उत्पादन तथा बिक्री गरिरहेको छ ।