मुक्तिनाथ कृषि कम्पनीको आईपीओ भोलि बाँडफाँड हुने, १२ लाखको हात खाली
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ भोलि (मंसिर १९) गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ मंगलबार बाँडफाँड गरिने तय भएको हो ।
मंसिर ८ गतेदेखि १२ गतेसम्म निष्कासन खुला गरेको कम्पनीको आईपीओमा १३ लाख २२ हजार ९५४ जनाले १ अर्ब ४३ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्कासन खुला गरेको थियो ।
सर्वसाधारणका लागि छुट्याइएको शेयर १ लाख १४ हजार ८ सय जनाले १०–१० कित्ताका दरले पाउने छन् । कम्पनीले सेबोनबाट जारी पुँजी ७० करोड रुपियाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपियाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
कम्पनीले पहिलो चरणमा १ करोड ४० लाख रुपियाँ बराबरको १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।