तीन कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट, अन्य कुनको कति ?
१७ मंसिर २०८०, आईतवार १५:१८
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेसँगै तीन कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आइतबार शेयर बजार ७.२९ अंकले घटेर १८५१. २३ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज कारोबार भएका १३६ कम्पनीको शेयरमूल्य घटेको छ ।
आइतबार माउन्टेन इनर्जि नेपाल, युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रोपावर र एनआरएन इन्फ्रास्टक्चर लगायतका कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।