सरकारी स्वामित्वमा रहेका दुई बीमा कम्पनी र स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन

१७ मंसिर २०८०, आईतवार १२:३३

काठमाडौं । तीन सरकारी स्वामित्वमा रहेका बीमा कम्पनीहरु सिईओ विहिन बनेका छन् । स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य बीमा बोर्ड र सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनी यती बेला नेतृत्व विहिन हुन पुगेका हुन् ।

राष्ट्रिय बीमा कम्पनीमा सिईओ शेखर बरालले राजिनामा दिएपछि पद रिक्त छ भने नेपालको सबैभन्दा पुरानो जीवन जीवन बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी संस्थानबाट नयाँ कम्पनीमा रुपान्तरण भएपछि नेतृत्व विहिन छ । त्यस्तै, राम्रो काम गर्न नसकेपछि स्वास्थ्य बीमा बोर्डबाट हटाइएका दामोदर बसौलाको ठाउँमा अझै नयाँ नियुक्त गरिएको छैन ।

अर्थ मन्त्रालयको प्रत्यक्ष हस्तक्षेप रहने यो क्षेत्रमा नियुक्तको लागि राजनीतिक होडबाजी नै चल्ने चलन रहेको छ । मन्त्रालयबाट छनोट प्रकृया पुरा गरी नयाँ नियुक्तीका लागि महिनौं समय लाग्ने हुँदा उक्त तीन स्थानमा अझै केही महिना लाग्ने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

सरकारी स्वामित्वको सबै क्षेत्र एकैपटक नेत्तृवविहीन बनेको यो पहिलो पटक हो । अहिले तीनै क्षेत्रमा त्यहाँका वरिष्ठ कर्मचारीलाई निमित्त दिएर प्रमुख कार्यकारीको काम गराइरहेको छन् ।

स्वामित्वमा रहेका राष्ट्रिय बीमा संस्थान परिवर्तित राष्ट्रिय जीवन बीमा कम्पनीमा हाल निमित्त कार्यकारीको जिमेवारी महेश रिमालले र राष्ट्रिय बीमा कम्पनीतर्फको जिम्मेवारी सुवास कोईरालाले सम्हालिरहेका छन् । तीन नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नका लागि हालसम्म अर्थमन्त्रालयले कुनै प्रकृया अघि बढाएका छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*