गुराँस लघुवित्तले लाभांश वितरण नगर्ने, शेयरधनी निराश
१७ मंसिर २०८०, आईतवार १०:०२
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका छन् ।
कम्पनीको मंसिर १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो। सो निर्णय गरी लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरिएको छ।