इमर्जिङ्ग नेपालको वार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित
१५ मंसिर २०८०, शुक्रबार १५:२३
काठमाडौं । लाभांश प्रस्तावसहितका अन्य विभिन्न प्रस्ताव पारितसहित इमर्जिङ्ग नेपाल लिमिटेडको आठौं वार्षिक साधारण सम्पन्न भएको छ । उक्त सभा आज काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याक्वेटमा सम्पन्न भएको हो ।
सभाले सञ्चालक साितिले प्रस्ताव गरे अनुरुप चुक्ता पुँजीको ८.४२१ प्रतिशत (४ करोड ६७ लाख ८७ हजार ३६८ रुपैयाँ ४२ पैसा) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
सभाले कार्तिक २१ गतेदेखि लागू हुनेगरी रिक्त रहेको स्वतन्त्र सञ्चालकमा नियुक्त भएकी श्रर्मिला श्रेष्ठ महर्जनको नियुक्तीलाई अनुमोदन समेत गरेको छ ।