मनकामना स्मार्ट लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्ता निराश

१५ मंसिर २०८०, शुक्रबार १३:४४

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु निराश बनेका छन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

मंसिर १४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो निर्णय गरी लघुवित्तले गत आर्थिक वर्षको नाफा नोक्सानी तथा सो सित सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण पारित गरी नेपाल राष्ट्र बैंक पठाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*