बैंकले बढी ब्याज लिएको भए आजै उजुरी गर्नुस्, फिर्ता गराइदिन्छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी दर्ता गर्न सार्वजनिक रुपमै आह्वान गरेका छन् ।
आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले कोही कसैले नियमविपरीत बढी ब्याज दिएको भए राष्ट्र बैंकले व्याज फिर्ता गर्न लगाउने बताएका हुन्।
गभर्नर अधिकारीले अघिल्लो वर्ष लिइएको बढी व्याज गत वर्षमात्रै ४ अर्ब ७६ करोड रुपैयाँ फिर्ता गराएको उल्लेख गर्दै उनले भने, ‘बैंकले बढी व्याज लिए भनेर बाहिरबाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैंकमा गुनासो गर्नुस्, हामी फिर्ता गराइदिन्छौं ।’
गभर्नर अधिकारीले ग्राहकलाई समस्या परेको खण्डमा राष्ट्र बैकमा गुनासो गर्न सकिने र त्यसका लागि विभाग नै छुट्याइएको बताए ।
‘बजेटमा भएको कुन विषयमा राष्ट्र बैकले सहयोग गरेको छैन ?’ प्रश्न गर्दै गभर्नर अधिकारीले अगाडि भने, ‘सबै समन्वय भएको छ । रमाइलोका लागि गभर्नर र मन्त्रीको सम्बन्ध बिग्रेको भन्नू गलत छ ।’
काम गर्दा कमजोरी भए सच्याउन सकिने उनले बताए । आर्थिक सिथिलताका कारण बैंकमा खराब कर्जा बढेकाले यो बेला प्रोभिजन बढाउनु पर्ने, लाभांश दिँदा संस्थामा समस्या हुने भएकाले राष्ट्र बैकले कडाइ गरेको बताए ।
मेरो 10% लिएको लोनको ब्याज अहिले 13.83% लिएको छ ?? खै मलाई त लुटि राको छ??