नेप्से दोहोरो अंकले घट्दा फाइनान्स कम्पनीको शेयरमूल्यमा चर्काे गिरावट (एलटीपीसहित)
१६ मंसिर २०८०, शनिबार १९:२३
काठमाडौं । बिहीबार नेप्से दोहोरो अंकले घटेसँगै फाइनान्स कम्पनीहरुको शेयरमूल्यमा चर्काे गिरावट आएको छ । साता कारोबारको अन्तिम दिन फाइनान्स उपसूचक १.५९ प्रतिशतले घटेको हो ।
सो दिन फाइनान्स सेक्टरबाट जम्मा १५ कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये एकमात्र जानकी फाइनान्स कम्पनीको शेयरमूल्य १.१८ प्रतिशतले बढेको छ भने बाँकी १४ वटै फाइनान्स कम्पनीहरुको शेयरमूल्य गिरावट आएको छ ।
साता कारोबारको अन्तिम दिन गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयरमूल्य सर्वाधिक ३.५५ प्रतिशतले घटेको छ । त्यस्तै, सोही दिन गुडविल फाइनान्सको ३.३७ र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ३.१३ प्रतिशतले घटेको हो ।