ओलीले ‘संकल्प यात्रा’ सुरु गरेकै भोलिपल्ट पुष्पलाल मध्यपहाडी लोकमार्गका ४ ठेकेदार कम्पनी परे कालोसूचीमा
काठमाडौं । तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकी तेब्बर गुणाले लागत बढेको पुष्पलाल मध्यपहाडी लोकमार्गको ठेक्कामा संलग्न चारवटा निर्माण कम्पनीहरु कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले ती चारै कम्पनीलाई ३ वर्षका लागि कालो सूचीमा राखेको हो ।
बिहीबार मात्रै आफ्नो पार्टीका संस्थापक नेता पुष्पलालको नाममा रहेको मध्यपहाडी लोकमार्गको समृद्धिका लागि भन्दै यसको अन्तिमविन्दु बैतडीको झुलाघाटमा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराउँदै ‘संकल्प यात्रा’ शुभारम्भ गरेका थिए ।
त्यसरी कालोसूचीमा पर्नेमा काठमाडौंको तीनकुनेमा अफिस रहेको सिरुवा कन्स्ट्रक्सन प्रालि, भारतीय निर्माण कम्पनी भारत कन्स्ट्रक्सन, मैनाचुली निर्माण सेवा र सिद्धि साई प्रकाश कन्स्ट्रक्सन रहेका छन् । खरिद कार्यालयले यीसहित अन्य १३ वटा ठेकेदार कम्पनीलाई समेत कालो सूचीमा राखेको छ ।
आर्थिक ०६४/६५ मा आयोजना सुरु गर्दा ३३ अर्ब ३६ करोड रूपैयाँ लागतमा १० वर्षभित्र निर्माण सक्ने लक्ष्य थियो । ठेकेदार कम्पनीहरुको लापर्वाहीका कारण ०७९/८० को संशोधित डेटलाइन समेत गुज्रिएको छ । कतिपय ठाउँमा अहिलो पनि सर्भेसम्म नभएको बताइँदैछ । लागत तेब्बर बढीले बढेर झण्डै डेढ खर्ब पुगेको छ । लम्बाइ समेत बढेर १८७९ किलोमिटर पुगेको छ ।
हेरौँ सूची