मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

१५ मंसिर २०८०, शुक्रबार १०:२०

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर १४ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६३ प्रतिशत (कर सहित) हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६ रुपैयाँ ४३ पैसा बराबरको नगद लभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*