इन्स्योरेन्स इन्स्टिच्युटले वीरगंजमा तालिम सञ्चालन गर्दै
१५ मंसिर २०८०, शुक्रबार १०:४९
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले वीरगंजमा बीमासम्बन्धी दुई दिने तालिम सञ्चालन गर्दैछ । कम्पनीले होटल मकालु (अलाखिया रोड) मा उक्त तालिम सञ्चालन गर्ने जनाएको हो ।
डिसेम्बर १ र २ तारिकमा सञ्चालन गरिने उक्त तालिममा कम्पनीले जीवन तथा निर्जीवन बीमासम्बन्धी आवश्यक जानकारी दिइने जनाएको छ । उक्त एडभान्स तालिम कार्यक्रममा जीवन तथा निर्जीवन बीमाको अण्डरराइटिङ सम्बन्धी विशेष तालिम प्रदान गरिने कम्पनीले बताएको हो ।
कम्पनीले तालिम मेडिकल अन्डरराइटिङ, फाइनान्सियल अन्डरराइटिङ, मोटर इन्स्योरेन्ससहित प्रोपर्टी इन्स्योरेन्स अन्डरराइटिङ आदिको बारेमा दिईने जनाएको छ ।