श्री एयरलाइन्स चढ्दै हुनुहुन्छ ? इयुको यो रिपोर्ट हेर्नुस्

१५ मंसिर २०८०, शुक्रबार ०७:२२

काठमाडौं । यदि तपाई श्री एयरलाइन्स चढ्दै हुनुहुन्छ भने एक पटक इयु एभियशन सेफ्टी एजेन्सीले नेपालमो गरेको हवाई उड्डयन सम्बन्धी सेफ्टी रिपोर्ट अध्ययन गर्नुपर्ने हुन्छ । नेपालको हवाई उड्डयनको क्षेत्रमा सबैभन्दा धेरै पटक जहाज बिग्रने र नयाँ नयाँ समस्या आइरहने श्री एयरलाइन्सकै कारण इयुले नेपाललाई कालोसूचिमा नै समावेश गरेको छ ।

यस पटक इयुले आफूले कालोसूचिमा राख्नुपर्ने कारण स्पष्ट पार्दै श्री एयरलाइन्स र नेपाल एयरलाइन्स मुख्य रुपमा जिम्मेवार ठहर्याएको छ । यसअघि चिनियाँ जहाज एमए ६० जहाज भित्राएको भनेर कालोसूचिमा राखेको इयुले अहिलेसम्म उक्त कालोसूचि हटाउन मानेको छैन ।

नेपालका नाम चलेका बुद्ध एयर, यति एयरलाइन्समाथि खास टिप्पणी नगरेको इयुले श्री एयरलाइन्सकै कारण उडान सुरक्षामा खतरा रहेको भन्दै कालोसूचिमा राखेको हो ।

अझ अन्तर्राष्ट्रिय उडानको तयारीमा रहेको श्री एयरलाइन्सको जहाजहरु पटक पटक धावनमार्गमा बिग्रने, आकाशमा उडिरहेकै बेला समेत समस्या आउने भएका थिए । श्री एयरलाइन्स स्व. वनवरीलाल मित्तलले संस्थापना गरेको जहाज कम्पनी हो । नागरिकको ज्यान जोखिममा पार्ने गरी विगतमा पटक पटक दर्घटनामा परिसकेको छ । २०१८ देखि गत मार्च १०, २०२३ सम्म तीन पटक औपचारिक दुर्घटनामा परेको छ भने महिनैपिच्छे जहाजमा कुनै न कुनै समस्या आउने गरेका छन् ।

 

संयुक्त राष्ट्र संघीय मिशनलाई हेलिकोप्टर सेवा समेत उपलब्ध गराउँदै आएको श्री एयरलाइन्सको अन्तर्राष्ट्रिय छवी बिग्रेको र नेपालमा हाल क्यानाडामा निर्मित बमबार्डियर जहाजमार्फत आन्तरिक उडान गर्दै आइरहेको श्री एयरलाइन्सका जहाज चढ्नु जोखिमपूर्ण रहेको इयुको अडिट रिपोर्टले औल्याएको छ ।

इयुले आफ्नो रिपोर्टमा सिधैं श्री एयरलाइन्सको जहाज चढ्नु जोखिमपूर्ण रहेको नभनेर तत्काल श्री एयरलाइन्सको उडान सञ्चालन नीतिमा नै सुधार गर्न सुझाव दिइएको छ । यसको अर्थ श्री एयरलाइन्सको उडान सुरक्षा, दक्षता, फ्लाईट प्लानिङ, टिकास र जहाजको उपकरणहरुको जगेडा राख्ने व्यवस्थामाथि नै प्रश्न चिन्ह उठाएर श्री एयरलाइन्सको जहाज चढ्नु जोखिमपूर्ण रहेको सुझाव दिएको छ ।

इयु युरोपेली देशहरुको हवाई नियामक निकायले नेपालको सन्दर्भमा यस्तो सुझाव दिएको हो । साथै इयुले युरोप जाने जहाजहरुलाई इराकको राजधानी बग्दाद भएर उड्न रोक लगाउने निर्णय गरेको छ । इयुको एभियशन सेफ्टी एजेन्सीले श्री एयरलाइन्सको विषयमा यति गम्भिर विषयमाथि प्रश्न उठाउँदै टिप्पणी गरिसकेपछि पनि नेपालको नागरिक उड्डयन प्राधिकरण भने मौन जस्तै देखिएको छ ।

 

इयुको रिपोर्टबारे बीमापोष्टमा प्रकाशित समाचारमा श्री एयरलाइन्सको खण्डन

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*