बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर ओलीले सुरु गरे मेची-महाकाली अभियान

१४ मंसिर २०८०, बिहीबार १२:४१

काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेले बैतडीको झुलाघाटबाट मेची-महाकाली अभियान सुरु गरेको छ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डोत्तलन गरेर अभियानको उदघाटन गरेका हुन् । अभियानको उद्घाटनका क्रममा अध्यक्ष ओलीले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन यो अभियान कोशेढुंगा सावित हुने बताए ।

टिकटकमाथिको प्रतिबन्धमा सरकारलाई साथ दिएका ओलीले सामाजिक सञ्जालमा देखिएको उश्रृंखलतालाई नियन्त्रण गर्नु पर्ने बताए । यस्तै, जनताले मात्रै देशलाईअघि बढाउने भएकाले आफूहरू जनतामा फरक ढंगले आएको बताउँदै उनले समृद्ध नेपाल सुखी नेपालीका लागि यो यात्राले योगदान गर्ने समेत बताए ।

बैतडीको झुलाघाटबाट सुरु भएको अभियान पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ । यो अभियानलाई एमालेले ‘संकल्पको यात्रा’नाम दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*