लाभांश प्रस्तावसहित नबिल बैंकद्वारा वार्षिक साधारण सभा आह्वान
१४ मंसिर २०८०, बिहीबार ११:१७
काठमाडौं । नविल बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको आज बसेको निर्णयले सभा पुष १३ गते आह्वान गरेको हो ।
बैंकले सभा पुष १३ गतेका दिन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा आयोजना गरेको छ । सभा बिहान १० बजेदेखि सुरु हुने बैंकले जनाएको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
nabil bank agm