वाणिज्य बैंकहरुको शेयर १५२ देखि ५२३ रुपैयाँ पाईने, पाँचबाहेक सबैको शेयर मूल्यमा गिरावट
१३ मंसिर २०८०, बुधबार १७:२१
काठमाडौं । शेयर बजार आधा घण्टा ढिला सुचारु भएर ढिला नै बन्द भएको छ। शेयर बजार घट्दा दुई बैंकको मात्रै शेयर वृद्धि भएको छ। सिटिजन बैंक र सानिमा बैंकको शेयर मूल्य बढेको छ ।
बाँकि तीनको स्थिर देखिएको छ भने अन्य सबै बैंकको शेयर मूल्यमा हिजोको तुलनामा गिरावट आएको छ।
वृद्धिदरको आधारमा हेर्ने हो भने स्टान्डर्ड च्याटर बैंक, नबिल बैंक, एनआईसी बैंक, एभरेष्ट बैंकको शेयर मूल्य उच्च रहेको छ।
बैंकको शेयर मूल्य न्यूनतम १५२ रुपैयाँदेखि अधिकतम ५२३ रुपैयाँसम्म रहेको छ।