शेयर कारोबार झण्डै २५ मिनेट ढिला गरी खुल्यो, २५ मिनेट समय थप

१३ मंसिर २०८०, बुधबार १२:१७

प्राविधिक समस्याका कारण खुल्न नसकेको शेयर कारोबार झण्डै २५ मिनेट ढिला गरी खुलेको छ। समस्या समाधान भएसँगै ११ः२५ देखि मात्रै शेयर कारोबार खुलेको नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले बताए।

बुधबार विहान प्रि ओपन सेसनमा समेत शेयर कारोबार हुन सकेको थिएन। अहिले नियमित कारोबार भने खुलेको छ। तर नेप्सेको वेबसाइट भने अझै डाउन छ।

विद्युत् आपूर्तिमा समस्या समाधान भएको भन्दै बुधबारको कारोबार अवधि ३:२५ बजेसम्म थप गर्ने भएको छ ।

बुधबार बिहान नेप्से परिसरमा विद्युतको समस्या हुँदा कारोबार प्रभावित भएपछि नेप्सेले नियमित सेसनमा २५ मिनेट थप गर्ने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*