९ जीवन बीमा कम्पनीको कूल बीमा शुल्क बढ्यो, सूर्यज्योतिसहित छ कम्पनीको घट्यो

१३ मंसिर २०८०, बुधबार १२:१३

काठमाडौं । नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनी मध्ये गत कार्तिक महिनासम्मको तथ्याङ्क अनुसार नौ वटा जीवन बीमा कम्पनीको कूल बीमा शुल्क आम्दानी बृद्धि भएको छ भने छ सुर्यज्योति लाइफसहित छ वटा जीवन बीमा कम्पनीको कूल बीमा शुल्क आम्दानी घटेको छ ।

सबैभन्दा धेरै प्रभु महालक्ष्मी लाइफको कूल बीमा शुल्क आम्दानी बृद्धि भएको छ । दोस्रो आईएमई लाइफ रहेको छ । प्रभु महालक्ष्मी लाइफको कूल बीमा शुल्क १४.४३ प्रतिशतले बृद्धि हुँदा आईएमई लाइफको १३.२४ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै हिमालयन लाइफको कूल बीमा शुल्क ७.७० प्रतिशतले बृद्धि हुँदा रिलायबल नेपाल लाइफको ६.०३ प्रतिशतले बृद्धि भएको छ ।

सबैभन्दा ठूलो नेपाल लाइफको ४.०५ प्रतिशतले बृद्धि हुँदा एलआईसी नेपालको ३.४८ प्रतिशतले घटेको छ भने नेशनल लाइफको पनि ३.५८ प्रतिशतले घटेको छ । त्यस्तै, एशियन लाइफको कूल बीमा शुल्क ३.५८ प्रतिशतले बृद्धि हुँदा सानिमा रिलायन्स लाइफको पनि ३.७८ प्रतिशतले बृद्धि भएको छ । सबैभन्दा धेरै बृद्धि देखिएको राष्ट्रिय बीमा संस्थान (राष्ट्रिय जीवन बीमा कम्पनी) को १८५ प्रतिशतले यसमा समावेश गरिएको छैन । गत वर्ष संस्थानका प्रमुख प्रशासक कवि पाठकले साउनमा प्राप्त तीन अर्ब रुपैयाँ बीमा शुल्क ढिला गरी पुसमा प्रविष्ट गरेकोले यस्तो देखिएको हो ।

उता, ऋणात्मक देखिने जीवन बीमा कम्पनीहरुमा सन नेपाल लाइफ सबैभन्दा धेरै १६.३३ प्रतिशत रहेको छ भने दोस्रोमा सुर्यज्योति लाइफ रहेको छ । सुर्यज्योति लाइफको कूल बीमा शुल्क गत आवको यसै अवधीको तुलनामा ५ प्रतिशतले घटेको छ । त्यस्तै सिटिजन लाइफको २.३७ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*