नेप्सेमा भित्रभित्रै करोडौंको कारोबार, यसरी भएको कारोबार के हुन्छ ?
काठमाडौं । सिस्टममा खराबी आएर बाह्य रुपमा खुल्न नसकेको शेयर बजारमा भित्रभित्रै करोडौंको कारोबार भइरहेको बुझिएको छ । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’को वेबसाइट नखुले पनि टीएमएसमार्फत भित्रभित्रै शेयर किनबेच भइरहेको बताइएको छ ।
बिजुली गडबडीको कारण बुधबार प्रि-ओपन सेसनमा कारोबार भएन । तर, टीएमएसमार्फत शेयर किनबेच भएरहेको र कारोबार सक्सेस भएको एक सेवाग्राहीले बीमापोष्टलाई बताए । यसरी भएको कारोबार के हुन्छ ? भन्ने सन्दर्भमा भने नेप्सेले अहिलेसम्म केही बताएको छैन ।
समयमा शेरबजार नखुलेपछि नेप्सेले सूचना जारी गरेर ‘प्राविधिक समस्याका कारण प्रारम्भिक सत्रको कारोबार हुन सकेन । नेप्सेको प्राविधिक समूह नियमित सत्र सञ्चालनका लागि प्रयासरत रहेको जानकारी गराउँदै यसबाट पर्न गएको असुविधाका लागि नेप्से क्षमा प्रार्थी छ’ भनेको थियो ।