कार्तिक महिनासम्ममा १४ जीवन बीमा कम्पनीहरुको व्यवसाय झण्डै आधा खर्ब, नेपाल लाइफ सबैभन्दा अगाडि, नेशनल र एलआईसी पछ्याउँदै

१३ मंसिर २०८०, बुधबार ११:४३

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कार्तिक महिनामा संकलन गरेको कुल बीमा शुल्कको विवरण सार्वजनिक भएको छ । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार चालु आवको चार महिनाको अवधीमा १४ वटा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएका छन् ।

गत आवको यसै अवधीमा जम्मा ४६ अर्ब एक करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा चालु आवको चार महिनामा ७.४४ प्रतिशतले बृद्धि गर्न सफल भएको हो । जसमा सबैभन्दा बढि नेपाल लाइफले संकलन गरेको छ । नेपाल लाइफले चार महिनाको अवधीमा १२ अर्ब ९१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ ।

दोस्रोमा एलआईसी नेपालले पाँच अर्ब ७६ करोड र तेस्रोमा नेशनल लाइफले पाँच अर्ब ४९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*