लाभांश प्रस्तावसहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा साधारण सभा आह्वान
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले पन्ध्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको निर्णयले सभा मंसिर २३ गते, ड्रिमल्याण्ड गोल्ट रिसोर्ट एण्ड होटल, रुपन्देहीमा सभा आयोजना गरेको छ । सभा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूंजीको ०.५५ प्रतिशतले हुने रकम २ करोड ३६ लाख रुपैयाँ नगद लाभांश (बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागी) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, सोही मितिमा समाप्त आ.व. २०७९।०४० को गफा वा नोक्सान वि मितिमा समाप्त आ.व. २०७९।०८० को नाफा वा नोक्सान विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरणहरु पारित गर्नेछ ।
साथै, सभाले आर्थिक वर्ष २०८०।०८१ को लेखापरिक्षण गर्न लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।