राष्ट्रिय बीमा कम्पनीमा सिईओ नियुक्तीको वर्षदिनपछि नै किन भयो लफडा ? १४ महिनामै यसरी बाहिरिए शेखर बराल

१३ मंसिर २०८०, बुधबार १०:२८

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका सिईओ शेखर बरालले हिजो अप्रत्यासित राजिनामा दिएसँगै बीमा क्षेत्र र अर्थमन्त्रालय सम्ममा हल्लीखल्ली मच्चियो । सिईओ बरालले सिईओ पदमा नियुक्त भएको २४ महिना काम नगर्दै पदबाट राजिनामा दिएपछि सरकारी संस्थानहरुमा हुने चरम राजनीतिक हस्तक्षेप उदाङ्ग भएको छ । अझ रोचक कुरा के छ भने सिईओ बराल नेपाली कांग्रेस निकट बीमा व्यवस्थापक हुन् ।

राष्ट्रिय बीमा कम्पनी नेपाल सरकार र पब्लिक जनताको संयुक्त कम्पनी हो । तर, अधिकांश शेयर नेपाल सरकारको हुने भएकोले सिइओ नियुक्तीदेखि धेरै प्रक्रियामा सरकारी हस्तक्षेप हुने गर्दछ । लामो समय सिईओ विहिन भएर प्रक्रिया पूरा गरी सिईओ पदमा नियुक्त भएका बरालले आफूले काम गर्न नसकेर राजिनामा दिएको प्रक्रिया दिएका छन् । बीमापोष्टसँग भने, ‘काम गर्न सकिन, पदमा टाँसिएर बसिरहन उचित देखिन त्यसैले राजिनामा दिए ।’

२०७९ साल भदौं २३ गते सिईओमा नियुक्त भएका बरालले चौध महिनामै राष्ट्रिय बीमा कम्पनीबाट राजिनामा दिएका हुन् । सिइओ नियुक्त हुँदा गरिएको सम्झौता अनुसार चार वर्षे अवधीको करार अवधीको बीचमा राजिनामा दिनु परेमा दुई महिना पहिले राजिनामा दिनुपर्ने शर्त बमोजिम सिईओ बरालले दुई महिनाअवधीपछिबाट लागू हुने गरी सिईओ पदबाट राजिनामा दिएका छन् । अब उक्त शर्त बमोजिम सिईओ बराल थप दुई महिना राष्ट्रिय बीमा कम्पनीमै कार्यरत रहनेछन् भने सञ्चालक समितिबाट निर्णय भए बमोजिम दुई महिनापछि औचारिक विदाई हुनेछ ।

राष्ट्रिय बीमा कम्पनीलाई तीव्र गतिमा अगाडि लैजान कर्मचारी युनियनहरुको अधिकांश माग पुरा गरेर पछिल्लो समय एक ढिक्का बनाएर सिईओ बरालले बलियो बनाउने प्रयास गरेका थिए । तर, नेपाल सरकारको लगानी रहेका कम्पनीहरु सरकार तहबाट कमजोर पार्न हुने राजनीतिक षडयन्त्रको सिकार राष्ट्रिय बीमा कम्पनी पनि हुन पुग्यो ।

राष्ट्रिय बीमा कम्पनीमा बरालले सिईओ भएपछि सरकारी पूर्वाधार निर्माणको बीमा भित्राएर व्यवसाय बृद्धि गरेका थिए । पछिल्लो समय अध्यक्ष दिनेश उपाध्याय र अर्थमन्त्रालसँग उनी सन्तुष्ट थिएनन् । स्रोतका अनुसार बराललाई बोर्डले राम्रोसँग साथ दिएन भने अर्थबाट कतिपय पास हुनुपर्ने कुराहरु पनि समयमा नगर्ने, झुलाउने, हैरान पार्ने, दुःख दिने गरेका थिए ।

सिईओ बरालले सम्झौता बमोजिम तलव सुविधा समेत पाएका थिएनन् । कम्पनीले सम्झौता गरेको तलव सुविधा अर्थमन्त्रालयले रोकेकोले पुरा तलव समेत पाएका थिएनन् । पछिल्लो समय तनावमा देखिँदै आएका सिईओ बरालले केही दिनदेखि राजिनामा दिनसक्ने चर्चा कोर टिमभित्र चलिरहेको थियो । गत दशैं अघि अर्थात सिइओ पद सम्हालेको वर्षदिन हुन नपाउँदै अप्ठेरो अवस्थाहरु सिर्जना भइरहेको थियो । कहिले कर्मचारी आन्दोलित हुने त कहिले पुरानो वित्तीय विवरण पारित गरेर साधारणसभा गर्न खोज्दा समेत धेरै अप्ठेरोहरु भोगेपछि सिईओ शेखर बरालले राजिनामा दिएको बताइन्छ ।

हिजो विहान कार्यालयमा आएका बरालले हिजै अपरान्ह अध्यक्ष दिनेश उपाध्यायलाई भेटेर पत्र बुझाएका थिए । जुन पत्र उनको अन्तिम पत्र अर्थात राजिनामा थियो । बरालले राजिनामा दिइसकेपछि अब पछाडि फर्कन सम्भव नभएको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय बीमा कम्पनीको आज बस्ने बोर्ड बैठकले सो विषयमा छलफल हुने जनाइएको छ ।

One thought on “राष्ट्रिय बीमा कम्पनीमा सिईओ नियुक्तीको वर्षदिनपछि नै किन भयो लफडा ? १४ महिनामै यसरी बाहिरिए शेखर बराल

  1. Aashish says:

    कर्मचारी भर्नामा समेत राजनितिक हस्तक्षेप देखिएकाे छ जस्काे मारमा लाेकसेवा उतिर्ण भएपश्चात अन्तरवार्ता पछिकाे अस्वभाविक नतिजामा पर्ने उम्मेदवार छन्। नेपालमै केही गराै भन्ने उदेश्य लिएकाे माथि यस्ताे अन्याय गर्नु कतिकाे न्यायाेचित हुन्छ? सरकारकाे लगानी भएकाे सार्वजनिक संस्थानले यसरी मनाेवल गिराउनु पनि खेदपुर्ण छ। याे विषयमा पनि सम्वन्धित निकायकाे ध्यानाकर्षण हुन जरुरी छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*