नाडेप लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?

१३ मंसिर २०८०, बुधबार १०:२२

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आन्तरिक लेखा परीक्षण तथा सूचना प्रविधि विभागको अधिकृत श्रेणीमा काम गर्न कर्मचारी मागेको हो ।

कम्पनीले अधिकृत तथा सहायक अधिकृत (आन्तरिक लेखापरीक्षक) पदमा केही संख्यामा कर्मचारी माग गरेको छ । सोको लागि सेमी–क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टबाट अप्लाईड स्किल्स लेभल उत्तीर्ण गरेको तथा उक्त कोष अन्तर्गत ३ वर्षको आर्टिकलसिप पुरा गरेको साथै स्नातक तह उत्तीर्ण गरकाले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, सहायक अधिकृत (सूचनाप प्रविधि) पदमा १ जना कर्मचारीका लागि आवेदन खुलाएको छ । सोको लागि सूचना प्रविधि विषयमा स्नातक गरी बैंक तथा वित्तीय संस्थामा १ वर्ष सम्बन्धित क्षेत्रमा कार्य गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

उमेरको हदभने २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ । तोकिएको योग्यता भएका आवेदन दिन इच्छुक व्यक्तिले आवश्यक कागजातसहित कम्पनीको ईमेल ठेगाना [email protected] मा १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*