गण्डकी प्रदेशमा ६३० जनाका लागि खुल्यो लोकसेवाको आवेदन (विज्ञापनसहित)

१३ मंसिर २०८०, बुधबार ०९:५४

काठमाडौं । प्रदेश लोक सेवा आयोगको कार्यालय गण्डकीले प्रदेश निजामती र स्थानीय सेवा गरी सयौं जनाका लागि जागिर खोलेको छ । गण्डकी लोकसेवाले प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदहरुमा आन्तरिक, खुला र समावेशी गरेर ६३० जनाको पदपूर्तिका लागि आवेदन मागेको हो ।

प्राविधिकतर्फ सहायक चौथो तहका लागि मात्रै प्रदेश र स्थानीय तह गरेर ४४० जनाको लागि आवेदन माग गरिएको छ । यस्तै, अप्राविधिक अर्थात लेखा र प्रशासनतर्फ चौथो तहको सहायकका लागि १९० जनाको दरखास्त खुलेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*