स्वावलम्बन लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, के–के छन् एजेन्डा ?
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २२ औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले पुस ४ गते अम्रपाली व्यान्क्वेट क्याटेरिङ एण्ड इभेण्ट्स, बालुवाटार मार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सभा डोकेको हो ।
सभाले सञ्चालक समितिले आव २०७९।०८० का लागि चुक्ता पूँजीबाट १२.३५९९ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.६५०५ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव पारित गर्नेछ । कम्पनीले बोनश शेयर वितरणपछि जारी र चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले गत आवको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन स्वीकृत गर्नुका साथै मर्जर वा प्राप्तिका लागि अख्तियारी दिने तथा सर्वसाधारण शेयरधनीमा नयाँ सञ्चालक निर्वाचन गर्नेछ ।
कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ मंसिर २२ गते बुक क्लोज गर्नेछ । जसअनुरुप मंसिर २१ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।