मधेश प्रदेशका बीमकसंग प्राधिकरणले गर्यो छलफल

१३ मंसिर २०८०, बुधबार ०७:१२

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले वीरगंजस्थित जीवन तथा निर्जीवन र लघु बीमकका प्रदेश प्रमुख तथा शाखा कार्यालय प्रमुखहरुसंग समसामयिक विषयमा छलफल गरेको छ । प्राधिकरणले मंसिर १२ गते दुई चरणमा गरी उक्त छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा कार्यालय प्रमुख कुसुम शर्माले बीमा व्यवसायलाई व्यवस्थित, विश्वसनीय र मर्यादित रुपमा अगाडि बढाउन प्राधिकरणले समय समयमा जारी गरेका निर्देशन, ऐन नियमको परिधीभित्र रही कार्य गर्न तथा मातहतका शाखा उपशाखालाई समेत गराउन निर्देशन दिए ।

निर्जीवन बीमकहरुसंगको छलफलमा हाल बीमा प्राधिकरणबाट जारी सम्पत्ति बीमा निर्देशन, २०८० को विभिन्न बुँदाहरु त्यसैगरी सामुद्रिक बीमा लगायतका अन्य समसामयिक विषयहरुमा छलफल गरिएको थियो ।

त्यसै गरी जीवन बीमक तथा लघु जीवन बीमकहरुसंगको छलफलमा बीमकका कार्यालय प्रमुखहरुले प्राधिकरणबाट हाल संचालनमा आएको अनलाइन अभिकर्ता परिक्षा तथा सो सम्बन्धमा देखिएका समस्याहरु, साथै अभिकर्ताहरुलाई पटक पटक एक बीमकबाट अर्काे बीमकमा जाने प्रवृतिलाई कम गर्नका लागि कोलिङ पिरिएड लगाउन उपयुक्त हुने राय दिए ।

सोको जवाफ कार्यालय प्रमुखले दिंदै अभिकर्ताहरुका सम्बन्ध विभिन्न गुनासोहरु आइरहेको हुँदा अभिकर्ताहरुलाई दक्ष बनाई परिचालन गर्नका साथै नीति नियमको परिधी भित्र रही कार्य गर्न तथा मातहतका शाखा उपशाखालाई समेत गराउन निर्देशन दिंदै बीमितको हित संरक्षण र बीमाको पहुँच अभिवृद्धिका लागि सक्रिय रुपमा लाग्न आग्रह गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*