बीमा क्षेत्रमा अवार्डको खेती, बीमा प्राधिकरणकोे घुमघाम खेती

१२ मंसिर २०८०, मंगलवार १७:१७

काठमाडौं । बीमा कम्पनीहरुले विदेशी निकायबाट पुरस्कार वा सम्मान थाप्न भारतमा गएको बिषय यती बेला सामाजिक संजालमा भाईरल भईरहेको छ। पछिल्लो समय बीमा कम्पनीहरुले नै रकम खर्च गरेर अन्तर्राष्ट्रिय अवार्डहरू ग्रहण गरेको बजारमा चर्चा चलेको बिषय आईरहेको छ।

तर त्यही निर्देशन जारी गर्ने नियमकनकारी निकाय बीमा प्राधिकरण र इन्स्योरेन्स इन्टिच्यूट नेपाल भने विदेश सयरमा रमाइरहेका छन् । विदेश भ्रमणप्रति उनीहरूको मोह उच्च घरानियाँ व्यापारी तथा अन्य विशिष्ट कूटनीतिक व्यक्तित्वहरूको भन्दा कम छैन ।

बिशेष गरी यो भ्रमण इन्स्योरेन्स इन्टिच्यूट नेपालको आयोजनामा लगिएको बुझिएको छ । पुरस्कार ग्रहण गर्न नेपालबाटै एक दर्जन कम्पनी पुगेका थिए । सबै कम्पनीहरुले पुरस्कार ग्रहण गरेर नेपाल फर्किसकेका छन् ।

अन्तराष्ट्रिय भ्रमणमा मात्रै नभई नेपालमै पनि भ्रमणमा प्राधिकरणका उच्च तह नै हिडिरहेको देखिएको छन् । बीमा प्राधिकरणका एक उच्च अधिकारीका अनुसार प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल नै यती बेला पनि बीमा जागरणका लागि कर्णाली प्रदेशमा छन् ।

प्राधिकरणका दुबै उच्च कर्मचारी नै आफनो कार्यकक्षमा ताल्चा लगाएर हिड्दा एक दर्जनभन्दा बढी कामहरु रोकिएका छन् । प्राधिकरणका कर्मचारी यसै बिषयलाई लिएर आर्जित नै बनीसकेका छन् ।
नियामक निकायकै उच्च तहका व्यक्तिको यस्तो हर्कतको कारण नियमित काममा समेत बाधा र अड्चन आउन लागेको एक कर्मचारीले बीमापोष्टलाई जानकारी दिएको छ। बीमा ऐन बमोजिम काम कारवाही गर्न सिकाउने बीमा प्राधिकरण नै यती बेला नियम उल्लंघन गर्ने नियामकमा परेको छ।

बीमा ऐनभन्दा बाहिर जादा पनि अझै हस्ताक्षर गर्न कायर्कालयमा उपसस्थित नभएको उनीहरुको गुनासो रहेको छ। केही समयअघि मात्रै वैदेशिक भ्रमणको कार्यक्रम सकेर नियमित काममा फर्केका अध्यक्ष सिलावल र कार्यकारी निर्देशकको बीमा अन्तक्रिया कार्यक्रम गत शुक्रबारदेखिको भ्रमण आजबाट सकिदैछ ।

प्राधिकरणको प्रदेश कार्यालयका कार्यालय प्रमुखलाई कार्यालय संचालन गर्न धौ धौ बनिरहेको बेला नियामक निकायको तबरबाट भने दोब्बर खर्च बढ्ने क्रम रोकिएको छैन ।
ऐन अनुसार बीमा कम्पनीहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक सहायता, चन्दा वा अन्य कुनै पनि प्रकारको शुल्क वा वित्तीय योगदान गरेका आधारमा मात्र सोको प्रतिफलस्वरूप कुनै पनि विदेशी निकायबाट पुरस्कार वा सम्मान ग्रहण गर्न पाउनेछैनन् ।’
विगतमा बीमा कमवनीहरुले जारी गरेको एउटा निर्देशनमा बैंक तथा वित्तीय संस्थाको पछिल्लो आर्थिक वर्षको नाफाको २ प्रतिशत रकम कर्मचारीको क्षमता अभिवृद्धिको निम्ति तालिममा खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो ।
त्यसैलाई आधार मानेर धेरैजसो बीमा कम्पनीका अध्यक्ष तथा कार्यकारी प्रमुखहरूले विभिन्न पुरस्कार वा सम्मान ग्रहणको नाममा सपरिवार विदेश भ्रमणमा गर्ने गर्दथे ।

त्यसो त दुई वर्षअघि एउटा बीमा कम्पनीले युरोपको एक अवार्ड लिन १५ रुपैयाँ खर्च गरेको हिसाब राष्ट्र बैंकको सुपरीवेक्षण टोलीले फेला पारेको स्रोतको दाबी छ । हुन त नेपालमा विदेशी अवार्ड लिने र सोका लागि पर्याप्त रकम खर्च गर्ने चलन पछिल्लो समय आफ्नो ब्रान्ड स्थापनाका लागि संघर्ष गरिरहेका बैंकहरूले यस्ता अवार्डका लागि लगानी गर्ने र पाइसकेपछि भव्य भोज गर्ने गरेको देखिएको छ ।ठूला बीमा कम्पनीहरुले गर्दै आएका यो खेती अब बीमा कम्पनीहरुले पनि गर्न थालेका छन् ।

कुनै पनि विदेशी संस्थाबाट पुरस्कार लिनुपर्दा बीमा प्राधिकरणको अनुमति लिनुपर्ने व्यवस्था ऐनमा रहेको छ। पुरस्कार स्वीकार गर्नुअघि पुरस्कार दिने संस्थाको वैधानिक हैसियत तथा अवस्था बुझ्नु आवश्यक रहेको अर्थमन्त्रालयका एक अधिकारीले बीमापोष्टलाई बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*