सन नेपाल लाइफद्वारा धनगढीमा बीमा दावी भुक्तानी

१२ मंसिर २०८०, मंगलवार १६:५०

काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले धनगढीमा आज एक कार्यक्रम आयोजना गरी बीमा दावीको रकम उपलब्ध गराएको हो ।

कम्पनीलले बीमित स्वर्गिय सुरेश चौधरीकोको आमालाई बीमा दावी वापतको ८० हजार रुपैयाँको चेक रकम कम्पनिका धनगढी शाखा प्रमुख योगेन्द्र बिक्रम अधिकारीले हस्तान्तरण गरेका हुन् ।

साथै उक्त मृत्युदावी रकम भुत्तानी कार्यक्रममा स्थानीयनिकायका जनप्रतिनिधि, आम सर्बसाधारण र अभिकर्ताहरुको बाक्लो उपस्थिीती रहेको उक्त कार्यक्रममा कम्पनीका धनगढी शाखा प्रमुख योगेन्द्र बिक्रम अधिकारीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*