यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
१२ मंसिर २०८०, मंगलवार १५:१४
काठमाडौं । शेयर बजार झिनो अंकले घटेसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट आएको छ । मंगलबार नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये १२६ कम्पनीको शेयरमूल्य घटेको छ ।
साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । मंगलबार शेयर बजार २.१७ अंकले घटेर १८९४ को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ५.३३ प्रतिशतले सर्वाधिक घटेको छ । त्यस्तै, मंगलबार मिड सोलु हाइड्रोपावरको ४.७५ प्रतिशत, विजया लघुवित्तको ४.६७ प्रतिशत, आरम्भ चौतारी लघुवित्त लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।