सोनापुरको शेयरमा लगातार झुम्मिन थाले लगानीकर्ता, अधिंकाश बीमा कम्पनीको सर्वाधिक कारोबार
१२ मंसिर २०८०, मंगलवार १५:०३
काठमाडौं । नेप्सेले ओरालो यात्रा तय गर्दा पनि सोनापुर मिल्सको शेयर निरन्तर बढी रहेको छ।
सुरुमा निरन्तर घटिरहेको कम्पनीको शेयर निरन्तर बढेर ३ सय माथि पुगीसकेको छ। सोनापुरको आज ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, सोल्टि होटल, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, ग्लोबल आइएमई बैंक, आइएमई लाइफ, शिवम सिमेन्टस, ग्लोबल आइएमई बैंकको प्रमोटर शेयर र हिमालयन लाइफको सर्वाधिक कारोबारको भएको छ।