कमोडिटी एक्सचेन्जलाई अनुमतिपत्र दिन हमालले डाके आकस्मिक बैठक

१२ मंसिर २०८०, मंगलवार १४:४५

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले कमोडिटी एक्सचेन्जलाई अनुमति दिन आकस्मिक रुपमा संचालक समितिको बैठक डाकेका छन् । आजै अपरान्ह साढे ४ बजे डाकेको बैठकमा कमोडिटी एक्सचेन्ज सिफारिश समितिको प्रतिवेदन बुझ्ने एजेण्डा राखिएको छ ।

हमालको कार्यकाल आउने पुस २१ गतेदेखि सकिँदैछ । कार्यकाल सकिनु अगावै उनी कमोडिटी र नयाँ स्टकको लाइसेन्स दिने योजनामा रहेको बताइँदै छ । त्यसै योजना अनुरुप अपर्झट बैठक डाकिएको बुझिएको छ ।
हमालले सोमबार सिमित कर्मचारीसँग छलफल गरेर एजेण्डा तयार गर्न लगाई दुई कमोडिटी एक्सचेन्जलाई आशयपत्र दिने मुडमा पुगेको बोर्डका केही कर्मचारीहरुले बताएका छन् ।

आवेदन मूल्यांकन समितिले हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जलाई अनुमति दिन सिफारिश गरेको छ । त्यही सिफारिशका आधारमा सम्भवतः यी दुई कमोडिटी एक्सचेन्जले आशयपत्र पाउने बताइन्छ ।

बोर्डले कानून मन्त्रालयका तत्कालीन सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो । सचिवमा बढुवा भएपछि उनले ‘व्याक डेट’मा दुई कमोडिटी एक्सचेन्जलाई अनुमति दिन सिफारिस गरेको रहस्य पहिल्यै खुलिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*