सगरमाथा लुम्बिनी इन्स्योरेन्सले खुलायो रोजगारीको अवसर

१२ मंसिर २०८०, मंगलवार १३:०६

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले देशभरीबाटै विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गरी विभिन्न तीन पदमा सातै प्रदेशबाट कर्मचारी माग गरेको हो ।

कम्पनीले ट्रेनी डेभलपमेन्ट अफिसर, जुनिएर अफिसर र असिस्टेन्ट पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ । कम्पनीका अनुसार सो पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले १५ दिन भित्र कम्पनीको वेबसाईट र इमेल मार्फत आवेदन दिन सकिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*