सामाजिक सुरक्षा कोषमा ४५ अर्ब संकलन, अनौपचारिक क्षेत्र समेटिनै बाँकी

१२ मंसिर २०८०, मंगलवार ०९:२४

काठमाडौं । सामाजिक सुरक्षा कोषमा झण्डै ४५ अर्ब रुपैयाँ संकलन भएको छ । सरकारले छैटौं सामाजिक सुरक्षा दिवस मनाउँदा हालसम्म ४४ अर्ब ८५ करोड रुपैयाँ संकलन भएको हो ।

कोषमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनातर्फ ७६ करोड १२ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम आठ करोड ७५ लाख र अवकाश दाबी रकम पाँच अर्ब ४८ करोड ९७ लाख रहेको बताइएको छ ।

यस्तै, आश्रित परिवार सुरक्षा दाबी रकम १० करोढ ९६ लाख रुपैयाँ रहेको छ । कोषमा हालसम्म १८ हजार चार सय ३९ जना रोजगारदाता र नौ लाख २८ हजार चार सय ५३ जना योगदानकर्ता आवद्ध भएका छन् ।

योगदानकर्तामा औपचारिकतर्फ चार लाख ६१ हजार सात सय ९६ जना र वैदेशिक रोजगारीतर्फ चार लाख ६६ हजार ६२२ जना, स्वरोजगारमा ३२ जना र अनौपचारिकतर्फ तीन जना आवद्ध भएका छन् ।

यसैबीच निजी क्षेत्रले सामाजिक सुरक्षा कोषमा जम्मा भएको पैसा पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सरकारसँग माग गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*