नगद लाभांश बुझिलिन तारागाउँ रिजेन्सी होटल्सको आग्रह

१२ मंसिर २०८०, मंगलवार ०९:३८

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले विभिन्न साधारण सभाबाट पारित नगद लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । कतिपय शेयरधनीले पारित लाभांश नगद बुझ्न नआएपछि कम्पनीले सूचना जारी गरेको हो ।

कम्पनीको शेयर रजिष्ट्रार कार्यालय एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली–काठमाडौंमा सम्पर्क गरेर नगद लाभांश बुझ्न सकिने कम्पनीले जनाएको छ ।

यसका लागि डिम्याट खाता खोली शेयर अभौतिकिकरण गरेको हुनुपर्नेछ भने सो खातामा आइपीएस सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खाता विवरण अद्यावधिक गर्नुपर्नेछ ।

साथै, कम्पनीले सो शेयर प्रमाणपत्र समयमै अभौतिकीकरण नभएमा सम्बन्धित शेयरधनीको बैंक खातामा उक्त नगद लाभांश नगई बाँकी रहेको नगद लाभांश रकम नियमानुसार हुने स्पष्ट पारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*