गुल्मीमा बीमा कम्पनीहरुसँग प्राधिकरणले गर्‍यो अन्तरक्रिया

११ मंसिर २०८०, सोमबार १७:३५

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गुल्मी जिल्लाको तम्घासमा जीवन तथा निर्जीवन बीमा कम्पनीका शाखा प्रमुखसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले बीमा सम्बन्धि नाम नागरिकका समस्याहरु सामाधान गर्ने उदेश्यले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा प्राधिकरणले बीमकको संस्थागत सुशासन निर्देशीका बमोजिम व्यवसाय गर्न र बीमितहरुलाई सरल सहज रुपमा बीमा सेवा प्रदान गर्न निर्देशन दिएका थिए ।

साथै, बीमा कम्पनीहरुले पशु बीमामा नेपाल सरकारले अनिवार्य गरेको एफएमडी भ्याक्सीनको विषयमा कृषकहरुलाई जानकारी नगराएको गुनासो गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*