१७ वर्ष लामो प्रेम सम्बन्ध विवाहमा परिणत भएको खुसियालीमा सुनिताले दिइन् बीमा पोलिसी उपहार
११ मंसिर २०८०, सोमबार १५:५०
काठमाडौं । बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । मानिसहरुमा बीमाको जनचेतना बृद्धि भएसँगै अनावश्यक फजुल खर्चको सट्टामा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ ।
यसै क्रममा १७ बर्ष लामो प्रेम सम्बन्ध बिबाहमा परिणत भएको खुसियालीमा सुनिता गुरुङले आफ्नो श्रीमान दिप गुरुङलाई आइएमई लाइफको १५ लाख रुपैयाँको सरल बीमा पोलिसी उपहार दिएकी छन् ।
जीवनमा आइपर्ने विभिन्न किशिमका समस्याहरुको सामना गर्नको लागि बीमा पोलिसी उपहार दिएको सुनिताले बताइन् ।