नेप्से फेरी १८ सयको विन्दुमा फर्कियो, अधिकांश उपसूचक राताम्मे

११ मंसिर २०८०, सोमबार १५:१०

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार ओरालो लागेको छ । कारोबारको अघिल्लो दिन ४७ अंकले बढेको शेयर बजार फेरी घट्न पुगेको हो ।

सोमबार शेयर बजार ११ दशमलव २७ अंकले घटेर १८९७ को विन्दुमा कायम भएको छ । शेयर बजार फेरी पुरानै लयमा फर्कदै १८ सयको विन्दुमा आएको छ ।

सोमबार शेयर बजारमा २९० कम्पनीको ६० लाख १७ हजार कित्ता शेयर खरिद बिक्री भई एक अर्ब ७५ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

शेयर बजार आज अधिकांश उपसूचकहरु राताम्मे भएका छन् । कारोबार भएका २९० कम्पनीहरुमध्ये १६६ कम्पनीको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*