रोल्पामा बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न

११ मंसिर २०८०, सोमबार ११:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेशको आयोजनामा मंसिर १० गते त्रिवेणी गाउँपालिका, जुगार रोल्पासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी बीमाको दाबी भुक्तानी रकम समयमा नै नगरेको, एउटै जग्गामा बिभिन्न खालको खेती गरेको बालीनालीको बीमा हुने वा नहुने, बीमा दाबी भुक्तानी लिन बीमित स्वंयम भौतिक रुपमा उपस्थित हुन पर्ने वा नपर्ने लगायतका गुनासो स्थानीयले गरेका छन् ।

साथै, कार्यक्रममा नेपाल बीमा प्राधिकरणले कृषि तथा पशुपंक्षीको बीमा गर्न जिल्ला तोकिएको कम्पनीले शाखा कार्यालय स्थापना नगरेको साथै बीमा सेवा प्रदान नगरेको, कृषि तथा पशुपंक्षी बीमाको दाबी भुक्तानी बीमितले कति समय भित्र गर्नुपर्ने, जीवन बीमाको कति किस्ता भुक्तानी गरे पछि बीमितले रकम फिर्ता पाउँछ लगायतका कुरामा छलफल भएको प्राधिकरणले जनाएको छ ।

नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख पूर्ण बहादुर थापाले कार्यक्रमको सभापतित्व गरेका थिए । त्यस्तै, कार्यक्रममा प्रमुख अतिथि त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाँठा मगर, बिशेष अतिथीमा त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखमणी डाँगी र बिशेष अतिथीमा त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत मिनराज भट्टराई रहेका थिए ।

उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरणका मानबहादुर चौधरीले संचालन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*