१० दिनपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालको पदावधी सकिदै !

११ मंसिर २०८०, सोमबार ०८:०५

काठमाडौं । नेपाली पुँजि बजार इतिहासका सबैभन्दा भ्रष्ट र विवादित व्यक्ति रमेश हमालको पदावधी सकिनै लागेको छ । करिब पाैने दुई वर्षे कार्यकाल भ्रष्टाचार, सेटिङ अनैतिक र सर्वसाधारण जनता विरोधी नीति अघि सारेका हमाल कार्यकालको उत्तराद्र्धमा अर्को एउटा नैतिक परिक्षामा उभिएका छन् ।

करिब दुई वर्षे कार्यकालका लागि नेपाल धितोपत्र बोर्डमा नियुक्त भएर आएका रमेश हमालको कार्यकाल आगामी पुस २१ गतेबाट सकिदैछ । धितोपत्र बोर्डको इतिहास अनुसार बोर्डका अध्यक्षले विदा हुनुअघि एक महिना विदामा बस्ने प्रचलन रहेको छ । अर्थात अन्तिम समयमा प्रभावित भएर कुनै निर्णय नहोस् भनेर नियामक क्षेत्रमा कार्यकाल सकिनुपूर्व एक महिना अघिबाट विदामा बस्ने प्रचलन रहेको छ ।

सो व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल आगामी मंसिर २१ गतेबाट विदामा बस्नुपर्नेछ । तर, यस्तो व्यवस्था नैतिकता, इमानको रोटी खानेहरुलाई मात्रै लागू हुन्छ । भ्रष्टाचार, अनियमितता, बेईमानी र जनतालाई झुक्याएर अर्बौको लाभ लिने संस्कृति बोकेर बिदेशबाट नेपाल फर्केका रमेश हमालले नेपाल धितोपत्र बोर्डको नैतिक बिराशत सुरुदेखि नै उलंघन गरेकोले मंसिर २१ गतेदेखि विदामा बसेर पुस २० गते बिदाई हुन्छन् वा पुस २० गतेको अन्तिम समयसम्म पनि पैसा आउने निर्णयमा हस्ताक्षर गर्न र्याल चुहाउँछन्, त्यो उनको निर्णयले नैतिकताको नतिजा निर्धारण गर्नेछ ।

सर्वसाधारण जनताले आईपिओ किन्नै नसक्ने गरी बुक बिल्डिङमा आईपिओ जारी गर्ने अनुमति दिने, सोनापुर सिमेन्ट जस्तो घाटामा गएको र डुब्न लागेको सिमेन्ट उद्योगको प्रिमियम मूल्यमा आईपिओ जारी गर्न अनुमति दिने, नागरिक मिडिया जस्तो घाटामा रहेको कम्पनीलाई आईपिओ जारी गर्न अनुमति दिने जस्ता सिंगो शेयर बजारको इतिहास कलंकित बनाउने काम गरेका थिए ।

त्यस्तै, हमाल आउनु अघि लाइसेन्सिङका क्षेत्रमा प्रिमियम मूल्यमा आईपिओ जारी गर्न नपाउने व्यवस्थालाई उनैको पौने दुई वर्षे कार्यकालमा उल्टाएर जनविरोधी शेयर नीति लागू गरेका थिए । जसको कारण नेपाली शेयर बजार ध्वस्त मात्रै भएन कैयौं लगानीकर्ताहरु सडकमा पुगे त कैयौं घरबार विहिन । नियामकीय क्षेत्रमा सेटिङ मिलाएर नियुक्ती लिई लगानीकर्ता र शेयर बजारको स्थायीत्व ध्वस्त हुने र व्यक्तिगत लाभ हुने गरी बहुआयामिक नीतिगत निर्णयहरु गरेका उनै रमेश हमाललाई लगानीकर्ताहरुले विदाई गर्ने दिन कुरिरहेका छन् ।

तत्कालिन सरकारले तत्कालिन नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई आफ्नी विवाहित छोरीका खातामा ५ लाख रुपैयाँ जम्मा गरेको विषयलाई भ्रष्टाचार भन्दै हटाएपछि धितोपत्र बोर्डको अध्यक्षमा २०७८ फागुन ५ गते रमेश हमाललाई नियुक्त गरिएको थियो । शेर बहादुर देउवा पत्नी आरजु राणा र तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको मिलेमतोमा ढुंगाना हटेपछि बाँकी कार्यकालका लागि रमेश हमाललाई बोर्डको अध्यक्षमा नियुक्त भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*