युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
११ मंसिर २०८०, सोमबार ०७:१६

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (मंसिर १२ गते) बुक क्लोज गर्दैछ ।
अर्थात् आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको साधारण सभाका भाग लिन र कम्पनीले वितरण गर्न लागेको लाभांश लिन योग्य हुनेछन् ।
कम्पनीले आफ्नो ३० औं साधारण सभा मंसिर २६ गते बोलाएको छ । सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिकित्ता एक हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाइएको छ ।