काठमाडौंमा चौंथो उत्तरदायी व्यवसाय सम्मेलन हुँदै, बैंक तथा वित्तीय संस्था पनि सहभागि हुने

१० मंसिर २०८०, आईतवार १७:१३

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहलको चौथो उत्तरदायी व्यवसाय सम्मेलन मंसिर २१ र २२ गते काठमाडौंमा हुने भएको छ । २०७१ सालदेखि आयोजना हुँदै आइरहेको यो सम्मेलनको चौथो संस्करण हायात रिजेन्सीमा हुने भएको हो ।
‘एडप्टिङ टु इमर्जिङ विजनेस रियालिटिज’ भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा समाज, वातावरण तथा अर्थतन्त्र गरी ३ विधाको ११ वटा विषयहरुमा विभिन्न प्रस्तुतिहरु रहने बताइएको छ ।

समाज विधा अन्र्तगत आधुनिक दासत्व तथा मानव वेचबिखन, व्यवसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहने छन् । वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद जोखिम न्यूनीकरण तथा पूर्वतयारी र नवीकरणीय उर्जा सम्बन्धी विषय रहने र अर्थतन्त्र विधामा व्यवसायिक वातावरण निर्माण, नवप्रवद्र्धन तथा उद्यमशीलता, डिजिटल अर्थतन्ज्त्र र व्यावसायिक निरन्तरता योजना रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपालसहित भारत, अष्ट्रेलिया, सिंगापुर, जापान लगायत विभिन्न देशका विज्ञ तथा वक्ताहरुको प्रस्तुती रहने बताइएको छ । ३० भन्दा बढी वक्ताहरु रहने कार्यक्रममा ३०० भन्दा बढी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरु, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्रको सहभागिता रहने आयोजक राष्ट्रिय व्यवसायिक पहलले जानकारी दिएको छ ।

विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको द्रुत विकास र प्रभावका साथै विश्वव्यापी चासोको विषय रहेका डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, प्रदुषण तथा मानव अधिकारको संरक्षण लगायत विभिन्न कारणले ृउद्योग व्यवसायले आफ्नो व्यावसायिक रणनीति र सञ्चालन प्रक्रियालाई परिमाजएन तथा अनुकुल गर्नु पर्ने आवश्यकता गहन बन्दै गएकाले यो सम्मेलन सान्दर्भिक हुने आयोजकको विश्वास छ । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट सम्मेलनको प्राज्ञिक साझेदार रहेको र निजी क्षेत्रका अग्रणी संघ संस्थाहरुको सहकार्य रहने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*