विद्युत प्राधिकरणले केन्द्र र सातै प्रदेशमा ठूलो संख्यामा खोल्यो जागिर(विज्ञापनसहित)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले केन्द्र र प्रदेशमा ठूलो संख्यामा खुला प्रतियोगिताबाट छनोट गर्ने गरी विभिन्न पदमा दरखास्त माग गरेको छ ।
प्राधिकरणले प्रकाशित गरेको सूचना अनुसार केन्द्रमा अधिकृत स्तरका प्राविधिक र प्रशासनिक कर्मचारीको आवेदन मागिएको छ । सबैभन्दा बढी इलेक्ट्रिकल इन्जिनियर १८ जना मागेको प्राधिकरणले सिभिल इन्जिनियर ११ जना माग गरेको छ । तेस्रोमा लेखा अधिकृत ७ जना माग गरिएको छ ।
सहनिर्देशक, सहायक निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रवबन्धक, प्रशासकीय अधिकृत, कानून अधिकृत, इन्जिनियर तथा सर्भे इन्जिनियरका लागि छुट्टा छ्ट्टै आवेदन मागिएको छ ।
यस्तै, प्रदेशतर्फ सात वटै प्रदेशमा मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री माग गरिएको छ । विज्ञापन अनुसार प्रदेशमा सबैभन्दा बढी फोरमेन र इलेक्ट्रिसियन माग गरिएको छ ।