थापाथली चोकको सडक क्षेत्रमा पर्ने जग्गामा धमाधम भवन ठडिँदै, महानगरपालिकाबाटै ‘नक्सा पास’

काठमाडौं । मान्छेहरुले त्यसै त भन्दैनन्, ‘नेताले विगारे, पहुँचवालाले विगारे, विचौलियाले विगारे र तिनका अगुवा पछुवाहरु सबैले विगारे ।’ हो, विगार्नेहरु कै विगविगी छ, यहाँ । धेरै पर नपुग्नोस् । एक पल्ट सर्र त्रिपुरेश्वरमा उभिएको त्रिभुवन सालिकबाट बाँयाहात मोडिदै हामी सबैलाई मर्दा र पर्दा (रुन, कराउन, उफ्रिन, कुल्चिन)चाहिने माइतीघरसम्म पैदल या मोटरको यात्रा गर्नोस् । तपाइँलाई लाग्दैन ? के नमिल्या, के नभा जस्तो ! कुनै गगनचुम्बी महल सडक छेवैमा ठिङ्ग उभिएका । कुनै च्वास्स भित्र छिरेका । कसैका कम्पाउण्ड वाल बाटो र फुटपाथबाट केही पर । कसैले चाहिँ सडक र फुटपाथलाई कुनै वास्ता नगरेका । यस्तै–यस्तै कच्याङ् कुचुङ । यत्ति थाहा पाउन फुर्सदै निकाल्नुपर्छ भन्ने चाँहि छैन । यसो गाडी जाम परेका बेला तनक्क घाँटी तन्काएर हेर्दा भइहाल्यो । अनि यसो गर्धन खुम्च्याएर अग्ला गगनचुम्बी महलको टुप्पादेखि जरैसम्म हेर्नोस् । के नमिल्या नमिल्या जस्तो लाग्दैन ? एकपल्ट शहरबासीको चस्माबाट हेर्नुभयो भने पक्कै त्यस्तो अनुभव गर्नुहुन्छ । ध्यानजति राम्रा, चिल्ला गाडीका सोरुमतिर लगाउनु भयो भने चाँहि खासै भेउ पाउनु हुन्न । एकछिन्, लोभलाग्दो झिलिमिलीलाई गोली मार्नोस् । अनि आफु महानगरबासी वा देशको मूख्य राजधानीबासी भएको चस्माले हेर्नोस्, पक्का केही न केही देख्नुहुन्छ । गाडीमा हिँड्नेलाई त सर्रै फिल हुन्छ, पैदल हिँड्नेलाई सहज छैन । देश कै व्यस्त ठाउँ हो, थापाथली क्षेत्र … Continue reading थापाथली चोकको सडक क्षेत्रमा पर्ने जग्गामा धमाधम भवन ठडिँदै, महानगरपालिकाबाटै ‘नक्सा पास’