म्याग्दीमा सिटिजन लाइफको बृहत निःशुल्क स्वास्थ्य शिविर
२२ कार्तिक २०८०, बुधबार १२:०४
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो ६औं वार्षिक उत्सवको आयोजनामा देशभरी विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
यसैक्रममा कम्पनीले आज हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाँउपालिकाको वडा नं ७ चिमखोलामा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
उक्त स्थानमा दलित जनजाति र विपन्न वर्गका बसोवास रहेको र स्वस्थ्य पहुचबाट पनि टाढा रहेकाले कम्पनीको आयोजनामा स्वस्थ्य शिविर सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।
रघुगंगा गाँउपालिकाको चिमखोलामा ३५७ घरमा एक हजार २१५ जनाको बसोबास रहेको छ