आरएसडिसी लघुवित्तको साधारणसभा मंसिर १५ गते, बुक क्लोज कहिले ?
काठमाडौं । आरएसडिसी लघुवित्तले १० औ बार्षिक साधारणसभा बोलाएको छ । वार्षिक साधारणसभा आउँदो मंसिर १५ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
लाभांश वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आउँदो मंसिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
सभाले गत आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित कुल ९।०५२६ प्रतिशतले लाभांश अनुमोदन गर्नेछ। जसमा ८।६० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०।४५२६ प्रतिशत नगद लाभांश छन्।
सोही सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको संस्थापक तथा सर्वसाधारणसभा सेयरधनीको सेयर स्वामित्व क्रमशः ५१ प्रतिशतर ४९ प्रतिशत कायम गर्ने निर्णय अनुमोदन गर्नेछ।