आईएमई लाइफले नेपाली क्रिकेट टोलीलाई २५ लाखको म्यादी जीवन बीमा प्रदान गर्ने
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले नेपाली क्रिकेट खेलाडीलाई २५ लाख बराबरकोे सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ । कम्पनीले नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको खुसीमा सम्पूर्ण टी–२० नेपाली क्रिकेट टोलीलाई जीवन बीमा प्रदान गर्न लागेको हो ।
कम्पनीले ‘‘टी–२० विश्वकप फाइनल एशिया’’ का टोलीमा भएका र नेपाली क्रिकेट जगतमा महत्वपूर्ण योगदान पुर्याएका सम्पूर्ण २० खेलाडीहरुलार्ई सम्मान तथा मनोबल बढाउने उद्देश्यले बीमा प्रदान गर्न लागेको जनाएको छ ।
युएई बिरुद्ध उत्कृष्ठ प्रदर्शन गरि फाइनलमा प्रवेश गरेका नेपाली क्रिकेट टोली आज ओमानसँग खेल्दै छ । राष्ट्रिय क्रिकेट टोलीलाई टी–२० विश्वकपको यात्रामा समर्थन गर्न पाउँदा उत्साहित रहेको कम्पनीले जनाएको छ ।
साथै, कम्पनीले नेपाली क्रिकेट टोलीलाई आगामी दिनहरुमा समेत नेपाली खेलकुद जगतलाई समर्थन तथा प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरु ल्याउने प्रतिवद्धता लिएको जनाएको छ ।