बाराही हाइड्रोपावरसहित १६ कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति ?
२१ आश्विन २०८०, आईतवार १५:१२
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दाहोरो अंकले घटेको छ । आज शेयर बजार ३७ दशमलव ०५ प्रतिशतले घटेर १९१९ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा गिरावट आएतापनि बाराही हाइड्रोपावरको शेयरमूल्य चाँही सर्वाधिक बृद्धि भएको छ । आज कम्पनीको शेयरमूल्य ९ दशमलव ५९ प्रतिशतले बृद्धि भई ५५१ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ९.४० प्रतिशत, सयपत्री हाइड्रोपावरको २.७८ प्रतिशत, बिओके डिभेन्चर २०८६ को २.३० प्रतिशत र प्राइम डिभेन्चर २०८५ को २ प्रतिशतले शेयरमूल्य बढेकोे छ ।