दुई कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

२१ आश्विन २०८०, आईतवार १५:१५

काठमाडौं । साता कारोबारको पहिलो दिन आईतबार नेप्सेमा ३५ अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै आज २१३ कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।

आज दुई कम्पनी हिमालयन लघुवित्त र गरीमा डेबेन्चर–२०८५ को शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, घलेम्दी हाइड्रोको ८.७०, माया खोला हाइड्रोपावरको ७.१७, मन्दाकिनी हाइड्रोपावरको ५.९९, सगरमाथा जलविद्युतको ५.७९, थ्री स्टार हाइड्रोपावरको ५.५३, यूनियन हाइड्रोपावरको ५.४१, मध्य भोटेकोशी जलविद्युतको ४.९३ र अपि पावर कम्पनीको ४.७३ प्रतिशतले शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*