परिमार्जित शेयर धितो कर्जाको सीमाले खुसी छैनन् लगानीकर्ता, नेप्सेमा ३५ अंकको गिरावट
२१ आश्विन २०८०, आईतवार १५:०५
काठमाडौं । लामो समयदेखि लगानीकर्ताहरुले हटाउन माग गरिरहेको शेयर धितो कर्जाको सीमा संशोधन गरीे केही हदसम्म मात्र बढाउने निर्णयले लगानीकर्तामा उत्साह नथपिदा आज नेप्से परिसूचक ३५ अंकले घटेर १९२१ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा ५८ लाख १५ हजार १८९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८० करोड १७ लाख ६६ हजारको कारोबार भएको छ । आज १६ कम्पनीहरुको शेयरमूल्य बढेतापनि २१३ कम्पनीहरुको शेयरमूल्य घटेको छ ।
नेप्सेमा गिरावट आएसँगै आज १३ वटै उपसूचकमा रातो पोतिएको छ । आइतबार हाइड्रोपावर उपसूचक सर्वाधिक २.७२ प्रतिशतले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन उपसूचक २.३५, जीवन बीमा उपसूचक २.२८ र इन्भेष्टमेन्ट उपसूचक २.०१ प्रतिशतले घटेको छ ।