घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्ने, बोर्डबाट पायो अनुमति
२१ आश्विन २०८०, आईतवार ११:४४
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप एक कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति प्रदान गरेको छ । घलेम्दी हाइड्रोपावरले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले सांग्रिला उर्जा प्रा.लि.द्वारा प्रवर्द्धिधत संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत शेयर कायम हुनेगरी लगानी गर्न १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रयोजनार्थ हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगमा आवेदन दिने र निर्णय गरेको थियो। आयोगबाट अनुमति पाएपछि कम्पनीले धितोपत्र बोर्डसँग अनुमति मागेको थियो।